Committee

धनकुटा प्रतिभा पुरस्कार तथा सम्मान पुरानै ब्यवस्थापनबाट हुने

गत ६ जनवरी २०१९ का दिन धनकुटा सेवा समाज युकेको बैठक अल्डरसटको ओजन रेष्टुरेष्टमा सम्पन्न भयो ।

बैठकले धनकुटा प्रतिभा पुरस्कार तथा सम्मानको कार्यक्रमलाई समाजले निरन्तरता नदिने निर्णय गरयो । सन् २००७ देखि वितरण हुदै आएको पुरस्कार तथा सम्मानलाई सन् २०१५ र २०१७ को खर्च समाजले ब्यहोरेको थियो । अब उक्त पुरस्कार तथा सम्मान पहिलाको ब्यवस्थापन झै शुरु भएको बताईएको छ । धनकुटा प्रतिभा पुरस्कार कोष धनकुटाको अक्षय रकम धनकुटा बैंकबाट युके फर्काउने सम्मको बहस आएको कारण त्यसलाई पुरानै ब्यवस्थापनमा लगिएको हो । र, यो पुरस्कार तथा सम्मानको निरन्तरता हुने बताईएको छ ।

समाजले जिल्लावासीको बार्षिक भेला आउदो ४ मे २०१९ मा आयोजना गर्ने निर्णय गरेको छ ।