धनकुटा प्रतिभा पुरस्कारबाट चार जनालाई सम्मान तथा पुरस्कार (भिडियोसहित)


देवकला कार्की/ईश्वर थापा
धनकुटा, १६ चैत । धनकुटा प्रतिभा पुरस्कार कोषले विभिन्न क्षेत्रमा योगदान पुर्याउँने चार जनालाई शुक्रवार सम्मान तथा पुरस्कृत गरेको छ । संस्कृतिविद्ध एवं वरिष्ठ साहित्यकार तुलसी दिवस र बरिष्ठ पत्रकार सञ्जयसन्तोषी राईलाई सम्मान गरिएको छ ।

त्यस्तै वरिष्ठ लोक गायक तुलसी पराजुली र अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुनिता तामाङ्गलाई पुरस्कृत गरिएको छ ।

उनीहरुलाई उच्च अदालत विराटनगर धनकुटा ईजलासका न्यायधिस श्रीमण कुमार गौतम, प्रदेशसभा सदस्य निरन राई, धनकुटा प्रतिभा पुरस्कार कोष युके च्याप्टरका अध्यक्ष पूर्णकुमार लिम्बु र पुरस्कार कोषका कार्यवाहक अध्यक्ष जेपी भुजेलले जनहि १५ हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

सम्मानित एवं पुरस्कृत ब्यक्तिहरुले धनकुटा प्रतिभा पुरस्कार कोषले आफुलाई सम्झिएको प्रति खुःशी ब्यक्त गर्दै आ–आफ्नो क्षेत्रमा अझै क्रियासिल भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा कवि मुकुन्द प्रयास, केजी सुव्वा, रोशन परियार, रमेशचन्द्र अधिकारी, सावित्रा घिमिरे (रोजा नानु) लगायतले कविता तथा गजल वाचन गरेका थिए ।

धनकुटामा जन्मिएका वा जिल्ला वाहिर जन्मेर पनि कर्मथलो धनकुटा वनाएर धनकुटाको नाम चिनाउन योगदान पुर्याउँनेहरुलाई हरेक वर्ष धनकुटा प्रतिभा पुरस्कारबाट सम्मान तथा पुरस्कृत गरिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *