धनकुटा सेवा समाजको बार्षिक परिचयात्मक भेला सम्पन्न

आसफोर्ड, गत ३० अगष्ट २०१४ का दिन युकेमा रहेका धनकुटा जिल्लावासीहरुको परिचयात्मक बार्षिक भेला अल्डरसुटमा भब्यतापूर्वक सम्पन्न भएको छ ।

भेलालाई विशिष्ट अतिथिद्धय धर्मगुरु भिक्क्षु मगर, चलचित्रकर्मी तथा सामाजिक जागरणकर्ता भिष्मा चेम्जोङले सम्बोधन गर्नुभएको थियो । पूर्वको ९ वटै जिल्लाका आमन्त्रित अतिथिहरु मध्ये संखुवासभा जिल्ला सेवा समाजका अध्यक्ष विजय लिङथेपले शुभ कामना मन्तब्य दिनुभएको थियो । ताप्लेजुङ जिल्ला सेवा समाजका अध्यक्ष लक्ष्मी घिसिङ्, तेह्रथुम जिल्ला समाजका प्रतिनिधि त्रैलोक्य खापुङ, पाँचथर जिल्ला समाजका प्रतिनिधि राजकुमार आङदेम्बे लगायतका अतिथिहरुलाई खदा लगाईदिएर अध्यक्ष धन लिम्बु (रोगु) ले स्वागत गर्नुभएको थियो । कार्यक्रमलाई क्याप्टेन डिल्लिकुमार राई, सचिव नेत्र खजुम, रिटार्यड क्याप्टेन अमर रानामगर र पूर्व लेफ्टिनेण्ट हर्कबहादुर गुरुङले पनि सम्बोधन गर्नुभएको थियो ।

बिरानो कर्मभूमि युकेमा रहेका जिल्लावासी तथा छिमेकी, नातागोताबिच आपसी चिनजान र सामिप्यता कायम रहोस भन्ने उद्देश्यले सन् २००७ देखि नै बार्षिक भेटघाटको कार्यक्रम गर्दै आएको छ भने धनकुटा प्रतिभा पुरस्कार विगत ७ बर्षदेखि नेपालमा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *